यी अभिनेतृलाई बुहारी बनाउन चाहन्छिन् सलमान खानकी आमा

 पुस २४, २०७५ मंगलबार १५:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका सुपरस्टार सलमान खान ५३ वर्ष पुगिसके तर उनकाे अहिलेसम्म विवाह भएकाे छैन । उनी बलिउडका मोस्ट इलिजिबल ब्याचलर हुन् । उनले अहिले विवाहको कुनै योजना पनि बनाएका छैनन् होला । 

तर उनकी आमाले भने सलमानकी दुलही रोजिसकेकी छिन् । सलमान खानकी आमा सलमा खान अभिनेतृ कट्रिना केफलाई बुहारी बनाउन चान्छिन् ।

सलमान खानकी आमा र कट्रिना केफबीच निकै सुमधुर सम्बन्ध रहेको बताइँछ । बेला बेलामा कट्रिना र सलमानकी आमाको एक साथ खिचिएका तस्बिरहरु पनि सार्वजनिक हुने गर्छन । 

केही समयअघि सलमान खानसँगको फिल्म ‘भारत’ को छायांकनका क्रममा एउटा तस्बिर सार्वजनिक भएको थियो जसमा कट्रिना र सलमानकी आमा एकअर्कालाई अंगालो हालेको देख्न सकिन्छ । यसबाट पनि कट्रिना र सलमानकी आमाबीचको सम्बन्ध धेरै राम्रो रहेको प्रष्ट हुन्छ । 

बेलाबेलामा सलमान खानको विवाहको विषयलाई लिएर चर्चा हुने गर्छ । सलमानका फ्यानहरुसमेत उनको विवाहको खबर सुन्न आतुर छन् । तर सलमान खान आफै भने विवाहका विषयमा कहिले पनि प्रष्ट जवाफ दिदैनन् ।

मिडिया तथा पत्रकारले सलमानलाई विवाहको प्रश्न गर्दा सलमानले जहिले पनि उक्त प्रश्नलाई घुमाउरो तरिकाले जवाफ दिँदै पन्छिन खोज्छन् ।  

सलमान खानको नाम संगिता बिज्लानी, ऐश्वर्या रायलगायत कैयौं अभिनेत्रीहरुसँ जोडिइसकेको छ । केही वर्षअघि सलमान र कट्रिनाबीचको प्रेम सम्बन्धको पनि निकै चर्चा भयो । तर बीचमा कट्रिनाले सलमानलाई छोडेर रणबिर कपूरलाई रोजिन् ।

अहिले फेरि कट्रिना रणबिरसँग ब्रेकअप गरेर सलमानकहाँ नै फर्किएकी छिन् । यता कट्रिनासँगको ब्रेकअपपछि सलमान खान यूलिया भन्तुरलाई डेट गरिरहेका थिए । 

अहिले फेरि सलमान खान कट्रिना केफसँग नजिक भएका खबरहरु सार्वजनिक भइरहेका छन् । तर सलमान खानले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

सलमान खान र अभिनेत्री कट्रिना केफलाई फिल्म ‘भारत’ मा एकसाथ देख्न सकिनेछ । अलि अब्बास जफर निर्देशित यो फिल्म २०१९ को जुन ५ मा रिलिज हुनेछ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया