स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति प्रधानमन्त्री ओलीको निर्देशन

 पुस २४, २०७५ मंगलबार १५:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न सचेत गराएका छन् । 

प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरु धरासायी भएको उल्लेख गर्दैै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिबाट पीडित हुन नदिन पनि मातहतका निकायलाई कडा निर्देशन दिनुभयो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । 

शिक्षण संस्थाहरुलाई जनताको साझा संस्थाको रुपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिष्ठानका कूलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शीताको आवश्यक्ता औँल्याउनुभयो । उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गालगायतका समस्या तत्काल समाधान गर्ने आश्वासन पनि दिनु भएको थियो । 

बैठकमा प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय बिगाहा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गर्नु भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया