अध्यागमन विभागले भन्यो : दलालहरुसँग भेटघाट गर्दैनौँ,  भिजिट भिसामा सोर्स लाग्दैन

 पुस २४, २०७५ मंगलबार १५:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अध्यागमन विभागले शंकास्पद व्यक्तिको भिजिट भिसाको लागि सोर्स नलगाउन सबैसँग अनुरोध गरेको छ ।

सुरक्षा निकायले शंकास्पद ठहर गरेका केही व्यक्तिलाई भिसा दिलाउन भिजिट भिसाको लागि दलालहरु अध्यागमन आउने गरेको भन्दै अब त्यस्ता दलालहरुसँग भेटघाटै नगर्ने विभागले जनाएको छ । 

विभागले भनेको छ, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेको वा भ्रमण शंकास्पद भएको कारणले प्रस्थान अनुमति नदिइएका व्यक्तिहरुको सम्बन्धमा निजहरुलाई साथै लिई यस विभागमा कतिपय ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर एवं म्यानपावर व्यवसायी वा प्रतिनिधिहरु आउने गरेकोमा आजका मितिदेखि ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर एवं म्यानपावर व्यवसायी स्वयं वा प्रतिनिधिहरुसँग भिजिट भिसाको सम्बन्धमा भेटघाट नहुने व्यहोरा सम्बद्ध सबैको लागि सूचित गरिन्छ ।’

तर  सम्बद्ध व्यक्ति स्वयं आएर थप बुझ्न सक्ने व्यवस्था मिलाइएको भने विभागले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया