नेप्से १४ अंकले घट्यो

 असार ३, २०७५ आइतबार १७:५२:३७ | उज्यालो सहकर्मी

काठमाडौं – असार महिनामा शेयर कारोबार भएको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से १४ अंकले घटेको छ ।

नेप्से १४ दशमलव शून्य ७ अंकले घटेर १२ सय ३३ दशमलव २३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

आज साढे २४ करोडको मात्र शेयर कारोबार भएको छ । आज प्राइम लाइफ इन्सुरेन्सका शेयर धनीले सबैभन्दा धेरै ७ प्रतिशत गुमाएका छन् । नेप्से घटेपनि आज राधी विद्युत कम्पनी, समता माइक्रोफाइनान्स कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।  
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया