वडाध्यक्षमाथि आर्थिक अनियमितताको आरोप

 पुस २४, २०७५ मंगलबार १९:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाँडाका वडाध्यक्षमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । 

आर्थिक वर्ष २०७४/०७५ मा वडा कार्यालयबाट सञ्चालित बिभिन्न योजना सञ्चालनका क्रममा वडाध्यक्ष लिलाकुमार चौहानले आर्थिक अनियमितता गरेको भन्दै मंगलबार गोपालसिं राई र गजेन्द्र राईले जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिनुभएको छ । 

वडामा सञ्चालित सडक निर्माण, खानेपानी योजना, गोठेमल सुधार, वडा कार्यालयको भवन निर्माण, खानेपानीको हिलट्यांक तथा पाइप वितरण, किवीको बिरुवा खरिद, अपांगता कार्यक्रमलगायतका योजनामा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै निवेदकले प्रशासन समक्ष स्थलगत निरीक्षण गरी अपचलन भएका रकम असुल गर्नुका साथै दोषीमाथि कानुनी कारबाही माग गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया