अक्षय, रणवीर र अजयलाई एकसाथ ‘सूर्यवंशी’ मार्फत ल्याउँदैछन् रोहित शेट्टी

 पुस २४, २०७५ मंगलबार १९:५९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड निर्देशक रोहित शेट्टीले ‘सिम्बा’को सफलतापछि अभिनेता अक्षय कुमारलाई लिएर फिल्म ‘सूर्यवंशी’ को काम सुरु गरिसकेका छन् ।

रोहितको फिल्म ‘सूर्यवंशी’ मा अभिनेता अक्षय कुमार एक्लै भने हुनेछैनन् । यो फिल्म मल्टि स्टारर हुनेछ । फिल्म ‘सूर्यवंशी’ मा अक्षयका साथै अभिनेता अजय देवगन र रणवीर सिंह पनि हुनेछन् । 

रोहितले ‘सूर्यवंशी’को छायांकनअघिको सम्पूर्ण काम सकिसकेका छन् भने छिट्टै नै फिल्मको छायांकन पनि सुरु गर्नेछन् ।  

रोहित शेट्टीले सामाजिक संजालमा अजय देवगन, रणवीर सिंह र अक्षय कुमारसँगको एउटा तस्बिर सेयर गर्दै उनको अब आउने फिल्म ‘सूर्यवंशी’ मल्टिस्टारर फिल्म हुने संकेत दिइसकेका छन् । उनले फोटो सेयर गर्दै लेखेका छन्, ‘सिंघम, सिम्बा र सूर्यवंशी आउँदैछन् । के म यस्तो कुरा भनौं, जुन कुरा तपाइँलाई थाहा छैन ?’ 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Rohit Shetty (@itsrohitshetty) on

फिल्म ‘सिम्बा’को निर्माता करण जोहरले ‘सूर्यवशी’ को पनि निर्माण गर्नेछन् । खबरहरुका अनुसार रोहितको यस फिल्ममा अभिनेतृहरु समेत ३ जना नै हुनेछन् । 
निर्देशक रोहित शेट्टीले फिल्म ‘सूर्यवशी’ मार्फत पनि प्रहरीकै पृष्ठभूमिमा आधारित नयाँ कथालाई दर्शकहरु माझ पस्कने बताइएको छ । 

फिल्म ‘सूर्यवशी’ मा यस्तो कहानी हुनेछ जसमा ‘सिंघम’, ‘सिम्बा’ र ‘सूयंवंशी’ कुनै एक विशेष मिसनमा काम गर्नेछन् । 

निर्देशक रोहित शेट्टीले अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सिम्बा’ को अन्तिममा अभिनेता अक्षय कुमारलाई देखाउँदै फिल्म ‘सूर्यवशी’को घोषणा गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया