एनआईसी एसिया बैंकलाई आईएसओ ९००१ː २०१५ प्रमाणपत्र

 पुस २४, २०७५ मंगलबार २०:३९:५३ | उज्यालो सहकर्मी

काठमाडाैं - एनआईसी एसिया बैंकले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र  ‘आईएसओ ९००१ː २०१५’ प्राप्त गरेको छ ।

यो अवाड बेलायतमा रहेको United Registrar of System-URS_/UKAS-UK ले प्रदान गर्ने गर्दछ ।

पछिल्लो समय बैंकको विभिन्न ग्राहकमुखी योजना, चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टिअनुरुपको सेवा प्रदान गरेकाले यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन सफल भएको  बैंकको दावी छ  ।

यस बैंकले देशभरका सुगम तथा दुर्गम क्षेत्रमा गरी कूल २७० शाखाकार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टरका साथै २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया