३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडौं – संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्य संचालन नियमावली आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको आइतबारको संयुक्त बैठकमा संयुक्त बैठक तथा संयुक्त समिति कार्य संचालन नियमावली पेश गरिएको हो । नियमावलीमा संसदीय सुनुवाई विशेष समिति १५ सदस्यीय रहने र जसमा १२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रियसभाका सदस्य रहने ब्यवस्था गरिएको व्यवस्था गरिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।
नियमावलीमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको पनि व्यवस्था गरिएको सभापति पोखरेलले जानकारी दिनुभयो । ८ परिच्छेद, ४३ नियम र १ अनुसूचि रहेको नियमावलीमा जनमत संग्रह, राष्ट्रपति, उपराष्ट्रपतिको महाअभियोग, सरकारको बजेट तथा नीति कार्यक्रम, राष्ट्रिय महत्वका सन्धी, सम्झौता गर्दा दुवै सदनको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
नियमावलीमा सोमबार र मंगलबार संशोधन दर्ता गराउन सकिने छ । सभामुख कृष्णबहादुर महराले संसदीय संसद सचिवालयमा सोमबार र मंगलबार नियमावलीमाथि संशोधन राख्न सक्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।
असार ८ गते बस्ने संघीय संसदका दुवै सदनको सयुक्त बैठकमा नियमावलीमाथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।