नेकपा गण्डकी प्रदेशको प्रमुख सचेतकमा अधिकारी

 पुस २५, २०७५ बुधबार १२:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशसभाको संसदीयदलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । 

गएको जेठमा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपा कास्कीको प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ (कुसुम) लाई चयन गरेको छ । अधिकारी लमजुङबाट र गुरुङ कास्कीबाट समानुपातिक सांसद हुनुभएको हो । 

दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसक्नुभएको छ । नेकपाको उपनेता उपनेता छान्न अझै केही समय लाग्ने बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया