महोत्तरीको गौशाला बजारको अनुगमनमा व्यापारीको अवरोध

 पुस २५, २०७५ बुधबार १५:५३:३४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशाला बजारको अनुगमन व्यापारीहरुले अवरुद्ध गरेका छन । बुधबार नगरपालिकाको बजार अनुगमन टोलीलाई बजारका व्यापारीहरुले अवरुद्ध गरेपछि अनुगमन कार्य प्रभावित भएको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रतिबन्धित गरेको ‘दो फूल’ नामक खानेतेल बजारमा खुलेआम रुपमा बिक्री भइरहेको सन्दर्भमा नगरपालिकामा गठन भएको अनुगमन टोलीले पसलहरुमा नियन्त्रणमा लिन खोजेपछि व्यापारीहरु सटर बन्द गर्दा अनुगमन कार्य प्रभावित भएको नगर उपप्रमुख एवम अनुगमन टोलीका संयोजक आशा लामाले बताएका छन ।

बजार अनुगमन उपभोक्ता हकहितका लागि निस्किएता पनि केही व्यापारीहरुले त्यो कार्यलाई विरोध जनाएर पसल बन्द गरी विरोध जनाएपछि तत्कालको लागि अनुगमन कार्यलाई स्थगित गर्नुपरेको उपप्रमुख लामाले बताईन ।

अनुगमनको अवरोध सम्बन्धमा भोलि नै समितिसँग थप छलफल गरी आवश्यक कदम उठाइने तयारीमा जुटेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । गौशालालगायतका बजारमा दो फूल नामक खानेतेल खुलेआम रुपमा बिक्री वितरण भइरहेको खबर व्यापक रुपमा चर्चाको विषय बनेपछि अनुगमन शुरु गरिएको नगरपालिकाको कार्यालय स्रोतले जनाएको छ । 

केहीदिन अगाडि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको सयोजकत्वमा बसेको बैठकले जिल्लाभरिमा नै ‘दो फूल’ नामक खानेतेल खरिद बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया