रोकिराखेको बसमा आगलागी, बसको ९० प्रतिशत भाग जलेर नष्ट

 पुस २५, २०७५ बुधबार १६:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – जलेश्वरमा अचानक एक यात्रुबाहक बसमा आगलगी भएको छ । आगलागीबाट बसमा पूर्णरुपमा क्षति भएको छ ।

बुधबार बिहान जलेश्वर ७ बखरी चौकमा रोकिराखेको यात्रुबाहकबसमा अचानक आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको हो । काठमाडौंबाट यात्रु बोकी आएको ना ८ ख ३३१६ नंं को बसले अन्तिम गन्तब्यमा सबै यात्रुलाई झारिसकेपछि सडक छेउमै रोकेर चालक र सहचालकले खाना खान लागेकै बेला बसको पछाडिपट्टी धुवा निस्केर आगो लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नजिकै वारुणयन्त्र नभएपछि आगलागीलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिन खोजे पनि असफल भएका थियो । जलेश्वरमा रहेको वारुणयन्त्र २ हप्तादेखि बिग्रिएको हुँदा समयमै आगोलाई नियन्त्रणमा लिन नसकेको महोत्तरीका प्रहरी उपरीक्षक इश्वर कार्कीले बताउनुभयो ।

आगलगीबाट बसको ९० प्रतिशत भाग जलेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया