वन मन्त्रालयका सह–सचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा दायर

गैरकानुनी रुपमा १ करोड ३४ लाख आर्जन गरेको ठहर

 पुस २५, २०७५ बुधबार १६:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अहिले वन तथा वातावरण मन्त्रालयको सह–सचिवसमेत रहेका श्रेष्ठले पदको दुरुपयोग गर्दै गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्धा  दायर गरेको हो ।

श्रेष्ठले आर्जन गरेको सम्पत्तिमध्ये १ करोड ३४ लाख रुपैयाँको स्रोत खुल्न नसकेकाले उनीमाथि मुद्धा दायर गरिएको अख्तियारका सहप्रवक्ता उपसचिव मदन कोइरालाले जानकारी दिनुभयो । 

सार्वजनिक पद धारण गरेको मितिदेखि अहिलेसम्म श्रेष्ठले आर्जन गरेको कमा  ३ करोड ४४ लाख ७७ हजार मध्ये २ करोड १० लाख ७७ हजार रुपैयाँको मात्रै स्रोत खुलेकाले बाँकी भ्रष्टाचार गरेर आर्जन गरेको पाइएको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ ।  

श्रेष्ठले गैरकानुनी सम्पत्ति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको पाईएको पनि अख्तियारले जनाएको छ ।

गैरकानुनी रुपमा आर्जन गरिएको रकम जफत गर्न र सहसचिव श्रेष्ठलाई कारबाही गर्न अदालतमा मुद्धा दायर गरिएको सहप्रवक्ता कोइरालाले बताउनुभयो । 

  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया