फोहोर नउठाउने कर्मचारीलाई कडा कारबाही गर्ने मेयर शाक्यको चेतावनी

 पुस २५, २०७५ बुधबार १६:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर मैला नउठाउने कर्मचारीहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

मेयर शाक्यले फोहोर उठाउने कर्मचारीहरुले सहमति विपरीत फेरि काम अवरुद्ध पार्न सुरु गरेको उल्लेख गर्दै उनीहरुमाथि कडा कारबाही गर्ने बताउनु भएको हो । बुधबार काठमाडौंमा आयोजित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा बोल्दै उहाँले फोहोर उठाउने अभियानमा साथ दिन नेपाल प्रहरीलाई पनि आग्रह गर्नुभयो ।

फोहोर उठाउने कर्मचारीहरुले फोहोर व्यवस्थापन नगरेर खाली दुःख मात्रै दिने गरेकोमा मेयर शाक्यको आपत्ति छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सफा बनाउने अभियानमा साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।

सबैको सामूहिक प्रयासबाट मात्रै महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने सकिने मेयर शाक्यको भनाई छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया