आमिर खान बनाउँदैछन् ‘फरेस्ट गम्प’को हिन्दी रिमेक

 पुस २५, २०७५ बुधबार १८:१६:५ | एजेन्सी
unn.prixa.net

बलिउडमा ‘मिस्टर पर्फेक्सनिष्ट’को परिचय बनाएका अभिनेता आमिर खान यति बेला नयाँ फिल्मको तयारीमा जुटेका छन् । 

आमिर खान यतिबेला यस फिल्मको लागि आफ्नो फिटनेसमा निकै ध्यान दिइरहेका छन् । यस फिल्ममा आमिरलाई दर्शकले फिट, स्लिम र युवा अवतारमा देख्नेछन् । तसर्थ आमिर खान अहिले उनको स्ट्रिक्ट डाइट फलो गरिरहेका छन् । खबरहरुका अनुसार अभिनेता आमिर खान सन् १९९४ को हलिउड क्लासिक फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक बनाउने तयारी गरिरहेका छन् ।

यस फिल्ममा आमिर खान टम ह्यांक्सले निर्वाह गरेको भूमिकामा देखिनेछन् । जो यस फिल्ममा एक साधारण व्यक्तिको भूमिकामा देखिएका थिए । यो फिल्म राजनिति, इतिहास, खेल, युद्ध, प्रेम, पीडाको समिश्रण रहेको एक उत्कृष्ट कहानीमा आधारित छ । आमिर खानका पूर्व म्यानेजर अद्वैत चन्दनले यस फिल्मको निर्देशन गर्न सक्ने बताइएको छ । 

आमिर खान प्रोडक्शनले गएको वर्ष प्यारामाउण्ट पिक्चर्ससँग यस फिल्मको अधिकार खरिद गरिसकेको थियो । साथै अभिनेता आमिर खान अभिनेता टम ह्यांक्सबाट प्रभावित छन् । साथै आमिरको अभिनय शैली पनि टम ह्यांक्सबाटै सापटी लिएको भन्ने चर्चा पनि बेला बेलामा हुने गर्छ । 

फिल्म ‘फरेस्ट गम्प’ का मुख्य पात्र फोरेस्टको दिमागले कम काम गर्छ । यति हुँदाहँुदै पनि उसले जीवनमा सफलता प्राप्त गर्दै एक ऐतिहासिक पुरुष बन्न सफल हुन्छ । तर उसको साँचो प्रेमले उसलाई छोडेर जान्छ । 

त्यस समयमा यस फिल्मले ओस्कर अवार्डका १२ वटा नोमिनेसनमा पर्न सफल भएको थियो भने ६ वटा विभिन्न विधामा ओस्कर अवार्ड जितेको थियो । यो फिल्म लेखक विन्स्टन ग्रूमको सन् १९८६मा प्रकाशित उपन्यासमा आधारित थियो । अभिनेता टम ह्यांक्सले यसै फिल्मबाट उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका थिए । 
अभिनेता आमिर खानले यस अघि पनि उनी अभिनित फिल्महरुका लागि उनको भूमिका अनुसार आफ्नो शरीरलाई वर्कआउट गरेर चरित्र अनुसार ढालेका थिए । फिल्म ‘गजनी’ मा ८ प्याक एब्स बनाएका थिए । 

यस्तै उनको फिल्म ‘दंगल’का लागि उनले ९८ किलो तौल बनाएका थिए भने त्यसको ६ महिना भित्र युवा अवस्थाको भूमिकाका लागि तौल घटाएर फिट भएका थिए । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Pratik Neupane

    Jan. 9, 2019, 9:15 p.m.

    Just don't make it. It will spoil the original one because masterpiece can't be remade.

  •  0 Reply

तपाईको प्रतिक्रिया