राइसिना डायलगमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नयाँ दिल्ली जाँदै

 पुस २५, २०७५ बुधबार १८:३५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राइसिना डायलगको चौथो संस्करणमा भाग लिन बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैहुनुहुन्छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार नै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतीय विदेश मन्त्रालयसँगको समन्वयमा अब्जर्भर रिसर्च फाउण्डेशननामक संस्थाले आयोजना गरेको राइसिना डायलगको यस संस्करणको नारा अ वल्र्ड रिअर्डर न्यू जिओमेट्रिक्स, फ्लुड पार्टनरशीप्स, अन्सर्टेन आउटकम्स रहेको छ ।

राइसिना डायलग विश्वमा रहेका सर्वाधिक चुनौतिपूर्ण मुद्दाहरुलाई सम्बोधन गर्न बहुराष्ट्रिय सम्मेलन हो । प्रत्येक वर्ष अन्तरराष्ट्रिय स्तरका नीतिनिर्माणसम्बन्धी विविध विषयमा छलफल गर्न नीतिनिर्माण, व्यवसाय, सञ्चार तथा नागरिक समाजका अग्रणी व्यक्तिहरुलाई नयाँ दिल्लीमा आमन्त्रण गरिन्छ ।

राइसिना डायलग राष्ट्रप्रमुख, मन्त्रीहरु तथा स्थानीय सरकारका अधिकारीका साथै नीजी क्षेत्रका अधिकारीहरु र सञ्चार तथा शिक्षाक्षेत्रका व्यक्तिहरु संलग्न गराइ बहु साझेदार तथा बहुक्षेत्रीय हिसाबले संरचना गरिएको बहस कार्यक्रम हो ।

यस संस्करणका लगि परराष्ट्रमन्त्री ज्ञवालीसहित नर्वेका प्रधानमन्त्री, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइ, लगायतका उच्चपदस्थ व्यक्तिहरु वक्ताका रुपमा रहेका छन् ।   

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटघाट गर्नुहुनेछ । कार्यक्रम पछि मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्कनुहुनेछ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया