निर्मला पन्तकी आमाको रगत नमुना संकलन

 पुस २५, २०७५ बुधबार १९:५८:५३ | रासस
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२, की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमुना सङ्कलन गरिएको छ । 

निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमुना सङ्कलनका लागि निवेदन दिनुभएको थियो । प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उहाँको रगतको नमुना सङ्कलन गरेको प्रहरीले जनाएको छ । ‘घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हूँ’ दुर्गादेवीले भन्नुभयो, ‘आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।’ 

निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमुना सङ्कलन गर्न मान्नुभएको छैन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन गरिएको निर्मलाकी आमाको रगत परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्ट प्रयोगशालामा पठाइने बताउनुभयो । 

गएको साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा निर्मलाको शव भेटिएको थियो । प्रहरीले विभिन्न कोणबाट घटनाको  अनुसन्धान गरिरहेको जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • म नेपाली मेरो देश नेपाल

    Jan. 9, 2019, 8:34 p.m.

    हत्यारा चाँडो पत्ता लगाउनु पर्‍यो सरकार !

  •  0 Reply

तपाईको प्रतिक्रिया