कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सभापति देउवा

 असार ३, २०७५ आइतबार १८:५२:३८ | उज्यालो सहकर्मी

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक नम्बरका नेता–कार्यकर्ताले नयाँ र सशक्त कांग्रेस निर्माण गर्न सुझाव दिएका छन् ।

प्रदेश नम्बर १ का नेता तथा कार्यकर्ताहरुले देउवालाई काठमाडौंमा भेटी नयाँ र सशक्त कांग्रेस अहिलेको आवश्यकता भएकाले विधान र सांगठनिक संरचनामा परिवर्तन गरेर सबैलाई एकतावद्ध बनाउन आग्रह गरेका हुन् । उनीहरुले देउवालाई पार्टीलाई क्रियाशील बनाउन सुझाव दिएका छन् ।

कांग्रेसले सदन र सडक दुवै ठाउँमा सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै सभापति देउवाले नेता तथा कार्यकर्ताको भावना अनुसार नयाँ र सशक्त कांग्रेस निर्माण गर्न आफू लागि परेको बताउनुभयो ।

नेपाली कांग्रेस १ नम्बर प्रदेशका नेता तथा पूर्व राज्य मन्त्री टंक राई, महासमिति सदस्य जनक थापा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल टे«ड युनियन कांग्रेस संखुवासभाका अध्यक्ष रितेश लिम्बुलगायत १ नम्बर प्रदेशका नेता तथा कार्यकर्ताले पार्टीलाई एकतावद्ध गरी सशक्त कांग्रेस बनाउनका सभापति देउवालाई सुझाव दिनु भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया