एनआईसी एसिया बैंक र वर्ल्ड रेमिट लिमिटेडबीच रेमिटेन्स सम्झौता

 पुस २५, २०७५ बुधबार २०:१८:२३ | उज्यालो सहकर्मी

काठमाडाैं - एनआईसी एसिया बैंक लिमिटेडले बेलायतमा रहेकाे वर्ल्ड रेमिट लिमिटेडसँग  रेमिटेन्स सम्झौता गरेकाे छ ।

सम्झाैतापछि  एनआईसी ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट मिति मंसिर २३ मा स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट रेमिटेन्स सुरु गरेको हो । 

सम्झौताअनुसार वर्ल्ड रेमिट लिमिटेड कतार साउदी अरेबिया यूएई जापान क्यानडा अष्ट्रेलिया यूराेप न्यूजिल्याण्ड अमेरिका र बेलायतलगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रकम पठाउन सक्ने बैंकले जनाएकाे छ।

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया