हतियारधारी समूहको आक्रमणबाट ४२ गोठालाको मृत्यु

 पुस २६, २०७५ बिहिबार ६:५८:४ | रासस
unn.prixa.net

सुडान – हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । 

उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गएकाे आइतबार यो घटना भएको हो । “मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ,” बिलुले भने । 

उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेकाे र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् । 

घटना भएको क्षेत्र दशकौँदेखि साम्प्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको छ । त्यस क्षेत्रमा बालयौन दुर्व्यवहारलगायतका अन्य हिंसा पनि हुने गरेको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया