घरको चाैथाे तल्लाबाट खसेर बालिकाको ज्यान गयो

 असार ३, २०७५ आइतबार १९:५५:८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – जाजरकोटमा एक बालिकाको घरको छतबाट खसेर ज्यान गएको छ ।

भेरी नगरपालिका वडा नम्बर–३, खलंगामा रहेको ठाटीबजारमा रहेको भेरी होटलमा फूपु फूपाजुसँग बस्दै आएकी रुकुम आठविसकोट रिटका दीपक चन्दकी साढे तीन वर्षकी छोरी युमी चन्दको छतबाट खसेर ज्यान गएको हो ।

आइतबार दिउँसो खेल्ने क्रममा बालिका घरको चार तलामाथि छतबाट सडकमा खसेकी थिइन । खसेर गम्भीर घाइते ती बालिकाको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको थियो ।

जाजरकोट खलंगाबाट  १ सय ९६ किलोमिटर टाढा रहेको नेपालगञ्ज लैजादै गर्दा अक्सिजन दिनु पर्ने अवस्थाकी ती बालिकाको सुर्खेतको मेहलकुनामा अक्सिजन सिलिन्डर फेर्ने क्रममा मृत्यु भएको बालिकाका आफन्तले जानकारी दिएका छन् । ४ तल्ला माथिबाट लडेकी बालिकाको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

मृतक बालिकाका बाबु–आमा मजदुरीका लागि भारत गएको र बालिका नलगाड नगरपालिका–८, खगेनकोटमा फूपु सुशिला चन्द खड्कासँग खलंगामा बस्दै आएकी थिइन । 

तस्बिर : छवि पन्तको फेसबुकबाट साभार 

अन्तिम अपडेट: चैत २४, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया