परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

 पुस २६, २०७५ बिहिबार १४:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारत भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विदेशीमन्त्री सुष्मा स्वराजबीच बिहीबार भेटवार्ता भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको भेटवार्तामा दुई देशबीचको आपसी हित र पछिल्ला घटनाक्रमबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतीय  विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउण्डेशन संस्थाले आयोजना गरेको राइसिना संवादको चौथो संस्करण कार्यक्रमलाई सम्बोधन गर्न परराष्ट्रमन्त्री ज्ञवाली आज बिहान मात्रै दिल्ली जानु भएको थियो । 

प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचको सीमा विवाद र सन् १९५० को सन्धिलाई पुनरावलोन गर्न गठित प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन बुझ्न अस्वीकार गरिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवाली र समकक्षी स्वराजबीचको भेटवार्तालाई महत्वको साथ हेरिरहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया