कुमारी बैंक आइएमई पे वालेटमा आबद्ध

 पुस २६, २०७५ बिहिबार १७:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरी आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् । 

कुमारी बैंक लिमिटेडले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

साथसाथै कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंक लिमिटेड बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । कुमारी बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया