उखुबारीमा लुकेर बसेका तीनजनाले छात्रालाई चक्कु हाने

 पुस २६, २०७५ बिहिबार १७:५६:३८ | बृजराज कुशवाह

नवलपरासी  - नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर-७, पिपरपातीमा बिहीबार बिहान एकजना छात्रामाथि चक्कु प्रहार भएको छ ।

 घरबाट साइकलमा विद्यालय जाँदै गर्दा प्रतापपुर गाउँपालिका वडा नम्बर-७ का मुगु केवटकी १६ वर्षीया छोरी अनिता केवटमाथि  उखुबारीबाट एक्कासि मुख छोपेर तीन जना नचिनेका मान्छेले चक्कु प्रहार गरेका थिए । चक्कुले लागेर घाइते  भएकी अनिताको दाहिने हातमा चोट लागेको छ । अनिताको स्थानीय क्लिनिकमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

आक्रमणमा संलग्नहरुको  खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । छात्रा केवट  गणेश माध्यमिक विद्ध्यलय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन्।

अन्तिम अपडेट: चैत ३०, २०८०

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया