कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएच...
बैशाख ८, २०८१ शनिबार
नवलपरासी - नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर-७, पिपरपातीमा बिहीबार बिहान एकजना छात्रामाथि चक्कु प्रहार भएको छ ।
घरबाट साइकलमा विद्यालय जाँदै गर्दा प्रतापपुर गाउँपालिका वडा नम्बर-७ का मुगु केवटकी १६ वर्षीया छोरी अनिता केवटमाथि उखुबारीबाट एक्कासि मुख छोपेर तीन जना नचिनेका मान्छेले चक्कु प्रहार गरेका थिए । चक्कुले लागेर घाइते भएकी अनिताको दाहिने हातमा चोट लागेको छ । अनिताको स्थानीय क्लिनिकमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
आक्रमणमा संलग्नहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । छात्रा केवट गणेश माध्यमिक विद्ध्यलय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन्।