अभिनेतृ सुहाना थापा चलचित्र क्षेत्रकै लागि जन्मिएकी हुन् : अनमाेल केसी

 पुस २६, २०७५ बिहिबार २०:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - चलचित्र ए मेरो हजुर ३ को छायांकनका लागि अभिनेता अनमाेल केसी अमेरिका पुगेका छन् । 

केसीलाई अमेरिकामा अभिनेत्री सुहाना थापाले स्वागत गरेकी छिन् ।

उनलाई चलचित्र ए मेरो हजुर ३ की निर्देशक एवं नायिका झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिलकुमार थापाले उनलाई अमेरिकाको डीसी ड्यालस विमानस्थलमा स्वागत गरेका हुन् । चलचित्रकाे नेपालमा गर्नुपर्ने छायांकन भने सम्पन्न भएको छ ।

 ए मेरो हजुर ३ पछि अनमोल केसीले निर्देशक मिलन चाम्सले निर्माण गर्ने भनिएको चलचित्र ब्याचलर बन्टिमा काम गर्ने चर्चा थियो । 

तर अन्तिम समयमा केसीले त्यो चलचित्र नगर्ने बताए । उनले चलचित्र नगर्नुको कारण भने खुलाएका छैनन् । चलचित्र नगर्ने प्रतिकृया दिएको केही समय नबित्दै उनी अमेरिकातिर लागेका छन् । 

चलचित्र ए मेरो हजुर ३ को बाँकी छायांकनका लागि भन्दै केसी २ साताका लागि अमेरिका पुगेका हुन् । चलचित्रमा समावेश गरिएको एउटा गीत र केही दृश्य अमेरिकामा खिच्ने तयारी भएको निर्देशक थापाले बताएकी छिन्  । 

अनमोलले अमेरिका उड्नुअघि पत्रकारसँगको कुराकानीमा ए मेरो हजुर ३ की अभिनेत्री सुहाना थापाको प्रशंसासमेत गरेका थिए । उनले सुहाना चलचित्र क्षेत्रकै लागि जन्मिएको बताएका थिए । चलचित्र चैत्र २९ गतेबाट नेपालभर प्रदर्शनमा आउने पक्का भइसकेको छ । 

चलचित्रमा एउटा स्टार गायक र उनको फ्यानका बीचमा हुने प्रेमसम्बन्ध र त्यस बीचमा आइपर्ने उतार चढावहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । 

चलचित्र सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुनिलकुमार थापा सुहानाका बाबु हुन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि मुख्य अभिनय रहेको छ । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया