अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने टेनिस स्टार मुर्रेकाे प्रतिक्रिया

 पुस २७, २०७५ शुक्रबार ७:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बेलायती टेनिस स्टार एन्डी मुर्रेले आसन्न अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् । यो वर्षको पहिलो ग्राण्डस्लाम खेल्न मेलबर्न पुगेका मुर्रेले संचारकर्मीसँग भावुक भएर यस्तो कुरा बताए ।

मुर्रे कम्मरको शल्यक्रियापछि फिट हुन संघर्षरत छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन मुर्रेले कम्मरको दुखाईका कारण आउँदो चार पाँच महिनासम्म खेल्न नसक्ने प्रतिक्रिया दिए ।

तर उनले इंग्ल्याण्डमा हुने ग्राण्डस्लाम विम्बल्डन खेल्ने इच्छा ब्यक्त गरे । ‘विम्बल्डनका लागि तयार हुन चाहन्छु, तर सक्छु कि सक्दिन निश्चित छैन,’ मुर्रेले भने ।

विश्व वरियताको २३०औं स्थानमा झरेका मुर्रेले २२औं वरियताका स्पेनिस खेलाडी रोबर्टो बाउटिस्टा अग्टविरुद्धको खेलबाट अष्ट्रेलियन ओपन सुरुवात गर्नेछन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया