नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्छौँ : सञ्चारमन्त्री

 पुस २७, २०७५ शुक्रबार १५:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – सरकारले नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्ने भएको छ । 

स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचारलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी गराउनु भएको हो । 

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले लिखित परीक्षा पास गरेर आएका समाचार वाचकहरुको बोलीमा प्रभावकारी हुने अवस्था नरहेको व्यवहारिक अनुभवले बताएको उल्लेख गर्दै केहीलाई करारमा राखेर त्योे आवश्यक्ता पूर्ति गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो । समावेशीतालाई असर नपर्ने गरी त्यो व्यवस्था गर्ने सञ्चारमन्त्री बाँस्कोटाको योजना छ ।

बैठकमा समितिका सदस्यहरुले नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन र जनतामा सहज पहुँच पु¥याउने योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया