मोबाइलको ब्याट्री पड्किँदा बालकको ज्यान गयाे

 पुस २७, २०७५ शुक्रबार १७:७:५७ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मोरङ - मोरङको विराटनगर महानगरपालिका-१५, रामजानकी टोलमा मोबाइलको ब्याट्री पड्किएर शुक्रबार एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा स्थानीय सुभाष मण्डलको ११ वर्षीय छोरा अमित मण्डल छन् भने  सँगै रहेका त्यसै ठाउँका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छिन् ।

शुक्रबार दिउँसो दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापिरहेको बेला उनीहरुले नै बाटोमा भेट्टाएको मोबाइलको ब्याट्री आगोमा हाल्दा पड्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया