श्रीलंकाविरुद्धको एकमात्र टी-ट्वान्टी प्रतियाेगिता ३५ रनले न्यूजिल्यान्डकाे पाेल्टामा

 पुस २७, २०७५ शुक्रबार १७:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको एक खेलको टी-ट्वान्टी सिरिज न्यूजिल्यान्डले ३५ रनले जितेको छ ।

न्यूजिल्यान्डकाे राजधानी अक्ल्यान्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

उसकालागि एन्ड्रयु जोनले ४४ तथा स्कट क्रिस्टोफोरले अविजित ३५ रन जोडे । यस्तै रोस टेलरले ३३ रन बनाए ।

जवाफमा १८० रनको लक्ष्य पछ्याएको श्रीलंका १६ ओभर ५ बलमा १४४ रनमा अल आउट भयाे ।  उसका थिसरा परेराले ४३ तथा कुशल परेराले २३ रन बनाए पनि टिमलाइ हारबाट बचाउन सकेनन् ।

श्रीलंकालाई कम स्कोरमा रोक्न न्यूजिल्याण्डका इश सोधी र लोकी फेर्गुसनले ३-३ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया