सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – अध्यक्ष नैनसिंह महरको कार्यशैलीमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका सात जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचित महामन्त्री, ३ उपाध्यक्ष र ३ सहमहामन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।
महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उनिहरुले बताएका छन् ।