पूर्व कमलरी र कमैयाका विद्यालय जाने छोराछोरीलाई माघीमा साइकल उपहार

 पुस २७, २०७५ शुक्रबार १८:५५:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – थारू समुदायको महान पर्व माघीको अवसरमा उपहारस्वरुप दाङ देउखुरीका ७० जना विद्यार्थीलाई साइकल प्रदान गरिएको छ ।

‘क्रियटिङ पोसिबिलिटिज नेपाल’ले देउखुरीका पूर्व कमैया, कमलरी, गरिब, विपन्नका छोराछोरीलाई साइकल उपहार प्रदान गरेको हो । माघी पर्वको उपलक्ष्यमा ७० जना स्कुले विद्यार्थीलाई साइकल उपहार दिइएको क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले जानकारी दिनुभयो ।

सन २०१२ देखि विद्यालयमा भर्ना भएका मुक्त कमलरी बालिकालाई साइकल प्रदान गर्न थालिएको हो । अहिलेसम्म ४ सय ४९ जनालाई साइकल उपहारमा दिइएको छ ।

क्रियटिङ पोसिबिलिटिज नेपालका अध्यक्ष किरण मानन्धरको अध्यक्षता एवं गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा साइकल उपहार प्रदान गरिएको हो ।

साइकल उपहार आएपछि विद्यार्थीहरु खुशी भएका छन् । साढे पाँच लाखको लगानीमा विद्यार्थीहरुलाई साइकल उपलब्ध गराइएको हो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया