खप्तड गोल्डकप: गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

 पुस २७, २०७५ शुक्रबार १९:५२:५१ | उज्यालो सहकर्मी

कैलाली - सीएमजी क्लब संकटा  खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरको छ ।

शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अर्को चरणमा पुगेको हो । 

पहिलाे हाफकाे इन्जुरी समयको पहिलो मिनेटमा संकटाले अग्रता लियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् ।

दोस्रो हाफको ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे । इन्ज्युरी समयको दोस्रो मिनेटमा कुलदिपको पासमा मसुदले वन भर्सेस वनको स्थितिमा प्रहार गरेको सट पोस्टभन्दा माथि गएपछि गोर्खा ब्वाइजले सान्त्वना गोल फर्काउन सकेन ।

विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताउनुभयाे । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको प्रतिक्रिया दिनुभयाे ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

शनिबारदेखि प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभिट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् । संकटाले माघ १ गते क्यामरुनको धाउफिन्स एफसीको सामना गर्नेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया