एक दिवसीय क्रिकेटमा धाेनीले पूरा गरे १० हजार रन

 पुस २८, २०७५ शनिबार १५:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले एक दिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।

शनिबार सिड्नीमा अष्ट्रेलियाविरुद्ध १० हजार रन पूरा गरेपछि उनी यो आंकडा पार गर्ने पाँचौ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । अष्ट्रेलियाविरुद्ध रनको खाता खोलेसँगै उनको दश हजार रन पूरा भएको हो ।

यसअघि गएकाे नोभेम्बरमा वेस्ट इन्डिजविरुद्ध भारतमै भएको खेलमा उनी १० हजार रन पूरा गर्न एक रनले चुकेका थिए । धोनीले १० हजार रन पूरा गर्न ३ सय ३३ एक दिवसीय क्रिकेटमा २८२ इनिङ्स ब्याटिङ गरेका छन् ।

अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा धोनी ५१ रनमा पेभेलियन फर्किए ।

भारतका लागि यसअघि सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड र विराट कोहलीले १० हजार रन बनाएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया