पलाँताका आगलागी पीडितलाई राहत रकम हस्तान्तरण

 पुस २८, २०७५ शनिबार १६:४५:४४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँताका आगलागी पीडितका लागि सानीमा बैंकले एक लाखको चेक हस्तान्तण गरेको छ । 

सानीमा बैंकका कालिकोट शाखा म्यानेजर मनिश श्रेष्ठले प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, डीएसपी विनोद शर्मा र पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमलाई संयुक्त रुपमा चेक हस्तान्तण गरेको हुन् । 

पलाँता गाउँपालिको विपद् जोखिम न्यूनिकरण तथा व्यवथापन कार्याविधि अनुसार पीडितलाई राहत व्यवस्थापन गरिने निमित प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो ।

गएको पुस ८ गते बेलुका पलाँता १ को खाडा बस्तीमा आगलागी हुँदा ३२ घर जलेका थिए । आगलागी पीडितका लागि एकीकृत बस्ती व्यवस्थापन कार्यक्रम अन्तरगत पलाँता २ को सैनमा व्यवस्थापन गरिने भएको छ । खाडाबाट बस्ती सैन सारेर खाडालाई न्यौपाने बंशज संग्राहलय बनाउने तयारी भइरहेको पालिका अध्यक्ष बमले बताउनुभयो । 
     

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया