आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै
बैशाख ८, २०८१ शनिबार
अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय खेलमा भारत ३४ रनले पराजित भएको छ । हारसँगै भारत तीन खेलको श्रृखंलामा एक शून्यले पछि परेको छ ।
सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । उसका लागि पिटर हेन्डसकम्बले ७३ रन बनाए । उनले ६१ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै मार्कस स्टोइनिसले ४७, शन मार्शले ५४, उस्मान खवाजाले ५९, एलेक्स क्यरीले २४ रन बनाए । बलिङतर्फ भारतका लागि कुलदिप यादव र भुवनेश्वर कुमारले समान दुई विकेट लिए ।
जवाफमा भारतले ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ५४ रनमात्र बनाउन सक्याे । उसका लागि ओपनर रोहित शर्माले एक सय ३३ रनको पारी खेले पनि टिमलाई हारबाट बचाउन सकेनन् । यस्तै महेन्द्रसिंह धोनीले ५१ रन बनाए ।
चार रनमा तीन विकेट गुमाएको भारतको पारीलाई धोनी र शर्माले सम्हालेका थिए । उनले चौथो विकेटका लागि एक सय ३७ रनको साझेदारी गरेका थिए । अन्तिममा भुवनेश्वर कुमारले २९ रन बनाए पनि बाँकि खेलाडी सस्तैमा आउट भए ।
याे पनि पढ्नुहाेस्