बाटाेमा बदाम खाँदै हिँडेकी युवती मन परेपछि बिहे गर्न यस्ताे उपाय गरेका थिए राजाराम पौडेलले

 पुस २८, २०७५ शनिबार १९:२२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हास्यकलाकार हुन् । रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् । 

उनी सानै उमेरदेखि नै कथा, कविता, गजल आदि लेख्ने गर्थे साथै अभिनयमा पनि उनको उत्तिकै रुची थियो । उनले काठमाण्डौको रत्नराज्यलक्ष्मी क्याम्पसमा संगीत विषय लिएर अध्ययन गरेका थिए भने सँगै पत्रकारिता पनि गर्दै आएका थिए । 

एक दिन उनले एउटी युवतीलाई परैबाट बदाम खाँदै गरेको देखे । निकै बेर उनले ती युवतीलाई नियालेर हेरे । उनले तिनै युवतीलाई आफ्नो जिवनसाथी बनाउने निर्णय गरे र घरमा गएर अविभावकसँग कुरा गरे । 

पछि २०४० सालमा तिनै युवतीसँग उनको विवाह भयो । उनी थिइन् इश्वरी पौडेल ।

हाल उनीहरुका २ सन्तान छन् । राजाराम पौडेल हाल काठमाण्डौ नक्सालमा आफ्ना परिवारसँग बस्दै आएका छन् । हास्यकलाकार राजाराम पौडेल विशेषत नेपाल टेलिभिजनबाट महका श्रृंखला आउँदा बढी चर्चित थिए ।

त्योभन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झण्डै एक दशक एनटीभीमा प्रसारण भएको चर्चित हास्य श्रृंखला हो । 

शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही श्रृंखलाबाट पौडेल सबै दर्शकको मन मनमा बस्न सफलभए ।

तर पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश टेलिचलचित्रहरु बन्द भैसकेका छन् ।
चलचित्र दालभात तरकारीमा उनी कलाकारका साथै निर्माता पनि हुन् । त्यस्तै चलचित्र सय कडा दशमा पनि उनी कार्यकारी निर्माताका रुपमा प्रस्तुत भएका छन् ।
पछिल्लो समय हास्यकलाकार राजाराम पौडेल नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको मुन्द्रेको कमेडी क्लबमा सहभागी भएर दर्शकलाई हसाउँदै आएका छन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: माघ १, २०७५

तपाईको प्रतिक्रिया