पीएसजीकाे जितमा काभानी, एम्बाप्पे र मार्क्विनोसकाे गाेल

 पुस २९, २०७५ आइतबार ७:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च लिग वनमा पेरिस सेन्ट जर्मेनले आफ्नो अपराजित खेल संख्या १८ पुर्याएको छ । लिगको शीर्ष स्थानमा रहेको पीएसजीले एमिन्सलाई तीन शून्यले हरायो ।

पहिलो हाफ गोलरहित बराबरी भएका खेलको ५७ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । इमिन्सका एलेक्सिस ब्लिनले डिबक्समा हातले बललाई छोएपछि पाएको पेनाल्टीलाई काभानीले गोलमा परिणत गरे ।

६६ औं मिनेटमा एमिन्सका डिफेन्डर खालिद एडिनन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो । त्यसको तीन मिनेटपछि केलियन एम्बाप्पेले पीएसजीका लागि दोस्रो गोल गरे । 

यो सिजनमा १७ खेलमा १४ गोल गर्न सफल एम्बाप्पे पछि ७९ औं मिनेटमा मार्क्विनोसले पीएजीका लागि तेस्रो गोल गरे । जितसँगै पीएसजीले १८ खेलबाट ५० अंक बनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया