मेरो जन्म ‘गली ब्वाय’ मा काम गर्नकै लागि भएको हो: रणवीर सिंह

 पुस २९, २०७५ आइतबार १४:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

२०१८ मा फिल्म ‘पद्मावत’ र ‘सिम्बा’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरिसकेका अभिनेता रणवीर सिंह अब भने फिल्म ‘गली ब्वाय’ मार्फत दर्शकमाझ आउँदैछन् । 

यस फिल्ममा अभिनेता रणवीर सिंहले एउटा स्ट्रीट र्‍यापरको भूमिका निर्वाह गरेका छन् । अहिले यस फिल्मको प्रमोशनमा व्यस्त रणवीर सिंहले संगीतमा आधारित फिल्ममा काम गर्नकै लागि आफ्नो जन्म भएको बताएका छन् ।

रणवीरले भनेका छन्, ‘जब मलाई कसैले फिल्म ‘गली ब्वाय’को पटकथा सुनाएको थियो । त्यसैबेला मैले उनलाई भनेको थिएँ कि यो मेरो फिल्म हो । यदि अरु कोही अभिनेतालाई यस फिल्ममा लिइएको भए म उनीदेखि इष्र्याले जल्ने थिएँ । म ‘गली ब्वाय’ मा काम गर्नकै लागि जन्मिएको हूँ र मलाई थाहा थियो कि म यस भूमिकालाई उत्कृष्ट ढंगले निर्वाह गर्न सक्छु ।’


रणवीर सिंहले फिल्म ‘गली ब्वाय’ आफ्ना लागि निकै नै विशेष रहेको पनि बताएका छन् । उनले भने, ‘यस फिल्मले मलाई धेरै कुरा एकैसाथ दिएको छ, जुन मेरा लागि निकै विशेष छन् । यस फिल्ममा र्‍याप, हिप–हप म्यूजिक छ, जुन कुरा मलाई बाल्यकालदेखि नै मन पर्ने कुराहरु हुन् । साथै यो फिल्म मेरो मातृभूमि मुम्बईको पृष्ठभूमिमा आधारित छ ।’

जोया अख्तरको निर्देशन तथा फरहान अख्तर र रितेश सिधवानीको निर्माणमा बनेको यस फिल्ममा रणवीर सिंह र्‍यापरको भूमिकामा छन् । सडकमा र्‍याप गाउने एक २२ वर्षीय युवक जसले ठूलो सपना सजाएको हुन्छ । त्यही सपना पूरा गर्ने क्रममा उसको जीवनमा आउने उतार चढावलाई यस फिल्ममा समेटिएको छ ।

चलचित्रमा रणवीर सिंहका साथै अभिनेत्री आलिया भट्ट तथा कल्की कोचलिनको मुख्य भूमिका रहेको छ । यो फिल्म २०१९ को फेब्रुअरी १४ मा रिलिज हुँदैछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया