सिम्लाबाट दुई बालकको उद्धार

 पुस २९, २०७५ आइतबार १५:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके –  बुवालाई भेट्न भन्दै भारतको सिम्ला पुगेका दुई नेपाली किशोरलाई उद्धार गरी नेपाल ल्याइएको छ ।

६ महिनादेखि घर परिवारको सम्पर्कका नरहेका उनीहरुलाई  भारतको देहराधुनबाट उद्धार गरी नेपालगञ्ज ल्याइएको हो । सिम्लामा पत्थर फुटाउने काम गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका २० मदनापुरका १४ वर्षका निशान्त गिरी र  १५ वर्षिय कालु विकलाई उद्धार गरिएको हो ।

शान्ति पुनस्र्थापना गृह कपिलबस्तु शाखामार्फत गत देहरादुनबाट उद्धार गरिएका उनीहरुलाई वडा अध्यक्ष कृष्ण कार्कीको रोहबरमा परिवारको जिम्मा लगाइएको हो ।  पत्थर फुटाउने काममा संलग्न उनीहरुलाई त्यहाँको राजकीय बाल गृह हरिद्धारले उद्धार गरी राखेको थियो ।

वडा अध्यक्ष कार्कीको रोहबरमा गिरीलाई आमासँग, विकलाई हजुरआमासँग जिम्मा लगाइएको हो । उनीहरु गएको  साउनमा रुपैडिया हुँदै सिम्ला पुगेका हुन् । खडा पत्थरमा काम गर्ने कालुका बुवा पप्पु विकलाई भेट्न भनी हिँडेका उनीहरु जोखिमपूर्ण काम गर्न बाध्य भएका थिए ।

उद्धार गर्ने संस्थाले सिम्लामा अन्य नेपाली बालकहरु जोखिमपूर्ण काममा रहेको पाइएको जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया