शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
सल्यान – सल्यानमा सुन्तलाका बोटहरु धमाधम सुक्न थालेपछि सुन्तला उत्पादक किसानहरु चिन्तित भएका छन् । दैनिकजसो सुन्तलाका बोटहरु धमाधम सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् ।
सुन्तलाका बोट र फलहरुमा धमाधम रोग र ढुसीको संक्रमण फैलन थालेपछि किसानहरु चिन्तित भएका हुन् । समुन्द्री सतहदेखि १ हजार १ सय मिटरसम्मका सबै बोटहरु सुक्न थालेको छ’, सुन्तला उत्पादक किसान प्रकाश डाँगीले भन्नुभयोे, ‘अहिले त १ हजार ७ सय उचाईसम्मका सुन्तलाका बोटहरुमा यो रोग फैलिएको छ ।’
बेलाबेलामा सुन्तला खेतीको अवलोकनमा आउने विज्ञ र प्राविधिकहरुले सिक्टासिला भाइरसको कारणले ग्रिनिङ्ग रोगको समस्या देखिएको बताएको उहाँले बताउनुभयो । राम्रो उत्पादन दिइरहेका सुन्तलाका बोटहरुमा पातहरु पहेँलो हुँदै जाने, प्रत्येक वर्ष फलहरु सानो हुँदै जाने तथा फलहरुमा स्वाद हराउँदै जाने समस्या देखिएको छ ।
यस्तै सुन्तलामा क्याङ्कर भाइरसका कारण रुखमै बोक्रा कुहिने समस्या देखिएको बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख हनुमानप्रसाद यादवले बताउनुभयो । सुन्तला हेर्न आउने जतिले सल्लाह दिए पनि सहयोग भने कतैबाट नपाएको गुनासो किसानहरुको छ ।