छोरा मारेको आशंकामा आमा प्रहरी नियन्त्रणमा

 पुस २९, २०७५ आइतबार १८:११:४० | उज्यालो सहकर्मी

सल्यान – आफ्नै छोराको हत्या गरेको आशंकामा सल्यानको छत्रेश्वरी–४, झिम्पे निवासी एक महिलालाई  प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

चार वर्षीय छोरा समीर खत्रीको हत्या गरी १९ वर्षीया समिरकी आमाले शनिबार बिहान घर नजिकै गाडेको शंकास्पद खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा गएको एक टोली घटनास्थल पुगेको थियाे ।

घटनास्थल पुगेर गाडेको शव उत्खनन गरी ल्याएको र आइतबार नै जिल्ला अस्पताल सल्यानमा शवको पोष्टमार्टम गरिएको छ । छोराको हत्याको आशंकामा आमालाई अनुसन्धानका लागि जिल्ला प्रहरीमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख डीएसपी शाहीले जानकारी दिनुभयो ।

मृतक बालकका बुवा रोजगारीका लागि भारतमा बस्दै आएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया