एक हजारभन्दा बढी कमलरीले पाए परिचय पत्र

 पुस २९, २०७५ आइतबार १९:३३:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – पश्चिम नेपालमा मुक्त भएका कमलरीहरुमध्ये एक हजारभन्दा बढीले परिचय पत्र प्राप्त गरेका छन् ।

मुक्त भएका १२ हजार ६ सय ८२ मध्ये १ हजार १ सय ५९ जनाले परिचय पत्र प्राप्त गरेका हुन् । मुक्त कमलरी विकास मञ्चका अनुसार सबैभन्दा धेरै दाङबाट आठ सय ५१ जनाले परिचय पत्र प्राप्त गरेका छन् ।

यस्तै कञ्चनपुरबाट २ सय ५० र बर्दियाबाट ५८ जनाले मुक्त कमलरीको परिचय पत्र प्राप्त गरेका छन् । मुक्त कमलरी विकास मञ्चले परिचय पत्र प्राप्त गर्नका लागि दाङबाट १३ सय, बाँकेबाट ५ सय ५१, कैलालीबाट ३ हजार र कञ्चनपुरबाट ७ सयले परिचय पत्र प्राप्त गर्न सक्ने भन्दै नामावली पहिलो चरणमा पठाएको थियो ।

बाँके र कैलालीमा मुक्त भएका कमलरीहरुले परिचय पत्र प्राप्त गर्न सकेका छैनन् । मुक्त कमलरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीका अनुसार सबैलाई परिचय पत्र वितरणका लागि ध्यानाकर्षण गराएको भए पनि काममा ढिलाई भएको जानकारी दिनुभएको छ ।

सरकारका कारण परिचयपत्र वितरणमा ढिलाई भएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया