प्रविधि प्रदर्शनी ‘क्याथफेष्ट २०१९’ सुरु, साेमबारसम्म चल्ने

 पुस २९, २०७५ आइतबार २०:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - नेपाली समाजमा रहिआएका विभिन्न समस्यालाई प्रविधिमार्फत सम्बोधन गर्ने उद्देश्यले आइतबारबाट प्रविधि प्रदर्शनी ‘क्याथफेष्ट २०१९’ सुरु भएको छ । 

ललितपुरको बालकुमारीमा रहेको क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सोमबारसम्म चल्ने प्रदर्शनीको नारा ‘नेपालका समस्याहरूको समाधान’ दिइएको छ ।

प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश छन् । 

विद्यार्थीहरूको अगुवाइमा भएको कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ ।

प्रदर्शनीकाे पहिलाे दिन काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूबाट विद्यार्थी, प्राज्ञ, उद्योगी-व्यवसायी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा सर्वसाधारण दर्शकहरू अवलोकनका लागि उपस्थित भएका थिए । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया