एसियन कप फुटबल : जापान प्रिक्वार्टरफाइनलमा

 पुस ३०, २०७५ सोमबार ६:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियन कप फुटबलमा जापान प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । लगातार २ खेलमा जित निकालेको जापान ६ अंकसहित प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो ।

ओमानविरुद्ध जापानले उत्कृष्ट फुटबल भने खेल्न सकेन । पहिलो हाफको २८ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै जापानको जितका लागि पर्याप्त बन्यो । 

जापानका जिन्की हारागुचीले पेनाल्टीमार्फत गोल गरेका थिए । पहिलो हाफमा लिएको १–० को अग्रता जापानले अन्तिमसम्म जोगाएको हो । पहिलो खेलमा जापाने तुर्किमिनस्तानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया