आजाद भिसा भन्दै ठग्ने दलाल सक्रिय

 बैशाख २६, २०७५ बुधबार १७:४:४९ | रीतु थेबे
unn.prixa.net

काठमाडाैं – कसैले आजाद भिसामा कतार पठाउँछु भनिरहेको छ ? त्यसो हो भने उसले तपाईंलाई ठग्न खोजिरहेको छ ।

आजाद भिसामा कतार लगायतका खाडीका अरु देशमा कसैले रोजगारी गर्न पठाउँछु भन्यो भने उसको कुरा नपत्याउनु होला । आजाद भिसाको नाममा नेपाली युवालाई ठगी गर्ने दलाल सक्रिय भएका छन् । 

आजाद भिसा नहुने र कसैले त्यस्तो भिसामा कतार पठाउने भन्दै छ भने वैदेशिक रोजगार विभागमा गएर बुझ्न नेपाली दूतावास कतारले अनुरोध गरेको छ । आजाद भिसामा रोजगारी गर्न पठाउने भन्दै नेपालबाट कतार पु¥याएर ठगी गर्ने बढेको पनि दूतावासले जनाएको छ । 

त्यस्तै कुनै लोभ देखाएर खाली कागज वा अन्य नवुझिने गरी लेखिएको कागजातमा सही नगर्न पनि दूतावासले आग्रह गरेको छ । कम्पनीका व्यक्तिले त्यस्ता कागजमा सही गराएर अदालतमा पेश गरी आफूले पाउने सुविधावाट वन्चित गराउने, प्रहरी र अदालतमा पेश गरी थुनामा पठाउने अवस्था आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । आफू कार्यरत कम्पनीले दुई महिना पनि तलब र अन्य सुविधा नदिए खबर गर्न पनि दूतावासले आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया