फेब्रिगासको डेब्यू, मोनाकोले मार्सेलीलाई बराबरीमा रोक्यो

 पुस ३०, २०७५ सोमबार ८:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

चेल्सीबाट यसै साता रेलिगेसनबाट बच्न संघर्षरत लिग वान टिम मोनाको गएका सेस फेब्रिगासले आइतबार डेब्यू गरेका छन् ।

फेग्रिगासको डेब्यू खेलमा उनकै पूर्व टिममेट थिएरी हेनरी प्रशिक्षणरत मोनाकोले मार्सेलीलाई उसकै मैदानमा एक–एक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

यद्यपी खेलको १३ औं मिनेटमा म्याक्सिम लोपेजको शानदार गोलमार्फत घरेलु टोली मार्सेलीले अग्रता बनाएको थियो । तर, पहिलो हाफको सात मिनेटअघि युरी टेलिम्यान्सले गोल गरी खेल बराबरीमा ल्याए ।

फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिँदा पाहुना टोली हारबाट जोगिएको हो ।

रेलिगेसन जोनबाट बाहिर निस्कनका लागि मोनाकोलाई अझै ४ अंक आवश्यक छ । १९ खेलबाट उसको १४ अंक छ । १७ औं स्थानको अमिन्सको १८ अंक छ जो शनिबार राति पीएसजीसँग पराजित भएको थियो ।

यता मार्सेलीलाई भने यो बराबरीले ठूलो धक्का लागेको छ । उसले लिगमा तीन स्थान गुमाएको छ । २८ अंकसहित मार्सेली छैटौंबाट नवौं स्थानमा झरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया