सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ - जन्मदिन मनाउने धेरैका आआफ्नै शैली हुन्छन् । कतिपयले साथीभाइसँग खानपिन र रमाइलो गरेर जन्मदिन मनाउँछन् भने कतिले वृद्धाश्रममा पुगेर खाद्यान्न तथा फलफूल वितरण गर्छन् । कीर्तिपुर सल्यानस्थान कुटुम्ब बस्तीका सिताराम भट्टले चाहिँ इँटा भट्टाका बालबालिकालाई न्यानो कपडा वितरण गरेर जन्मदिन मनाउनुभएको छ ।
उहाँले आइतबार घर नजिकैको इँटा भट्टाका ५३ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
लायन्स क्लवका अन्तर्राष्टिका संस्थापक मेल्बिन्स जोन्सको समेत जन्मोत्सव परेकाले उहाँकै सम्झना र उहाँले देखाउनुभएको सामाजिक कामको अनुसरण गर्दै आफूले न्यानो कपडा वितरण गरेर जन्मदिन मनाएको भट्टले बताउनुभयो ।
भट्ट लाइन्स क्लव अफ काठमाडौं हाइभिजनको अध्यक्ष समेत हुनुहुन्छ ।