दिर्हाम र रिंगिटको भाउ स्थिर : साउदी रियाल घट्यो, कतारी रियाल बढ्यो

 पुस ३०, २०७५ सोमबार १०:३४:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार अमेरिकी डलरसहित यूएई दिर्हाम, मलेसियन रिंगिट र बहराइन दिनारको भाउ स्थिर छ । साउदी रियालको भाउ केही पैसाले घटेको छ भने कतारी रियालको भाउ चाहिँ केही पैसाले बढेको छ । यस्तै कुवेती दिनार र कोरियन वनको भाउ केही पैसाले घटेको छ । 

आइतबारजस्तै सोमबार पनि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०८ पैसा तोकेको छ । 

सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ पैसा तोकिएको छ । आइतबार खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो ।

सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ । आइतबार खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ आइतबार जस्तै सोमबार पनि खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ । 

मलेसियन रिंगिटको भाउ पनि घटबढ भएको छैन । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

कुवेती दिनारको भाउ थोरै पैसाले घट्दा बहराइन दिनारको भाउ चाहिँ स्थिर छ । सोमबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १५ पैसा तोकिएको छ । आइतबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४६ पैसा थियो । बहराइन दिनारको भाउ चाहिँ आइतबारजस्तै खरिददर २९८ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर २९९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । आइतबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया