वाइडबडी विमान खरिद प्रकरणमा मेराे कुनै संलग्नता छैन : देउवा

 पुस ३०, २०७५ सोमबार ११:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताउनु भयो ।

धनगढीममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले खल्तीबाट कागज निकाली वाइडबडी विमान प्रकरणका सम्पुर्ण नीति र निर्णय पत्रकारलाई सुनाउँदै भन्नुभयो–‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद गर्ने निर्णय भएको थियो त्यतिबेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ वैशाख २ गते केपी ओलीकै पालामा खरिदको वोलपत्र गरिएको थियो ।’ 

उहाँले भन्नुभयो ‘मेरो पालामा वाइडबडी विमानबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो यो सब अहिलेको सरकारको जनतालाई भ्रम पार्ने खेल हो ।’ सभापति देउवाले नेपाली कांग्रेस एक ढिक्का भई अघि बढेको बताउँदै आगामी दिनमा पनि एक ढिक्का भई शसक्त तरिकाले अघि बढ्ने बताउनुभयो।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया