मलेसियाबाट फर्किएका युवाले सुरु गरे रेष्टुरेण्ट, चक्रपथमा बस पनि चलाउने

 पुस ३०, २०७५ सोमबार ११:४६:२० | उज्यालो सहकर्मी


काठमाण्डौ – वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएका युवाले सामुहिक लगानीमा काठमाडौंमा रेष्टुरेण्ट खोलेका छन् । केहीदिन अघि गठन गरिएको मलेसिया रिटर्नी समाजमा आबद्ध ८ जनाले सामुहिक लगानीमा सिंहदरबारको पूर्वी गेटमा सहयात्रा नाम राखेर रेष्टुरेण्ट सुरु गरेका हुन् ।

यसैबिच मलेसियाबाट फर्किएका र मलेसियामै रहेकाहरुको लगानीमा काठमाण्डौ बस पनि चलाइने भएको छ । सार्वजनिक यातायात कम्पनी खोलेर चक्रपथमा बस चलाइने भएको हो । पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको समाजले जनाएको छ ।

नेपालमा विदेशबाट फर्किएका युवा संगठित भएर ठूलो लगानी गर्न लागेका हुन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया